Kathmandu Press

१४ देशका कलाकारको ‘भर्चुअल कला प्रदर्शनी’ सुरु

काठमाडौं, साउन ६ : नेपालमा १४  देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ सुरु भएको छ। अन्तरराष्ट्रिय जलरङ समाज नेपालले ....

१४ देशका कलाकारको ‘भर्चुअल कला प्रदर्शनी’ सुरु

काठमाडौं, साउन ६ : नेपालमा १४  देशका कलाकारले बनाएका सिर्जनाको ‘भर्चुअल कला प्रदर्शनी’ सुरु भएको छ। अन्तरराष्ट्रिय जलरङ समाज नेपालले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा उक्त प्रदर्शनी सुरु गरेको हो। सोमबारदेखि सुरु भएको प्रदर्शनी १० दिनसम्म रहने छ। ‘स्प्लासेस’ प्रदर्शनीमा बन्दाबन्दी अवधिमा बनेका ६५ सिर्जना समावेश गरिएको छ। यहाँ नेपाली ३७ र विदेशी २८ कलाकार सहभागी छन्।

समाजले आफ्नो वार्षिकोत्सवका अवसरमा हरेक वर्ष प्रत्यक्षरुपमा प्रदर्शनी गर्दै आएकामा यसपटक विषम परिस्थितिका कारण सम्भव नभएपछि भर्चुअल प्रदर्शनी गरिएको हो। समाजले अन्तरराष्ट्रिय कला प्रदर्शनीसमेत हरेक दुई वर्षमा गर्दै आएको थियो। यस वर्ष पनि आगामी भदौमा कार्यक्रमको तयारी हुँदै गर्दा कोभिड–१९ का कारण सम्भव नभएपछि यस वर्ष स्थगन गरिएको छ। 

Hardik ivf

समाजका अध्यक्ष एनबी गुरुङका अनुसार यसपटक भने बन्दाबन्दीका समयमा घरभित्रैको क्यानभासमा समेटिएका चित्र प्रदर्शनीमा सहभागी गराइएको छ। प्रदर्शनीबाट विभिन्न मुलुकका कलासंस्कृति आपसमा साटासाट हुने भएकाले एकापसमा सम्बन्ध प्रगाढ बनाउन सहयोग मिल्ने जनाइएको छ। प्रदर्शनीमा नेपाल, भारत, बंगलादेश, अमेरिका, चीन, फिलिपिन्स, इरान, इण्डोनेसिया, कोष्टारिका, दक्षिण कोरिया, दक्षिण अफ्रिकालगायत देशको सहभागिता छ। 

प्रदर्शनीको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै समाजका अन्तरराष्ट्रिय अध्यक्ष अतानुर डोगानले कार्यक्रम नेपालको पहिचान दिलाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे। केही वर्षअघि नेपाल आएका उनले नेपालको सुन्दरतामा आफू लोभिएकाले अर्को वर्ष कला सिर्जनाका लागि आउने प्रतिबद्धता जनाए।

प्रकाशित मिति: १४:५४ बजे, मंगलबार, साउन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्