Kathmandu Press

'अबको तीज, नो व्रत प्लिज'की गायिकालाई हिन्दू जागरणको आक्रमण गर्ने धम्की

काठमाडौं, साउन ६ : गायिका सोफिया थापालाई हिन्दू जागरण नेपालले आक्रमण गर्ने धम्की दिएको छ।

गायिका थापाले तीजको अवसरमा 'अबको तीज, नो व्रत ....

'अबको तीज, नो व्रत प्लिज'की गायिकालाई हिन्दू जागरणको आक्रमण गर्ने धम्की

काठमाडौं, साउन ६ : गायिका सोफिया थापालाई हिन्दू जागरण नेपालले आक्रमण गर्ने धम्की दिएको छ।

गायिका थापाले तीजको अवसरमा 'अबको तीज, नो व्रत प्लिज' भन्ने गीत ल्याएकी थिइन्। गीतमा महिला पुरुष बराबर भएकाले तीजको व्रत बसेर पतिको खुट्टा धुन आवश्यक नभएको उल्लेख गरिएको छ।

यहि गीतलाई लिएर हिन्दू जागरण नेपालले आक्रमण गर्ने धम्की दिएको गायिका थापाले जनाएकी छन्। फोन गरेर धम्की दिएको उनले बताएकी छन्।

Hardik ivf

हिन्दू जागरण नेपालको धम्की आएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी छन्। हिन्दू जागरण नेपालले फोन गरेर मलाई घरमै आई क्षति पुर्याउने, शारीरिक रूपमा दण्ड दिने धम्की दिएको छ, उनले भनेकी छन्।

त्यस्तै, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले पनि उनलाई धम्की दिएको छ। गीत बन्द नगरेर आन्दोलन गर्ने संघले चेतावनी दिएको छ।

 

 

 

 

प्रकाशित मिति: ११:५७ बजे, मंगलबार, साउन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्