Kathmandu Press

मौद्रिक नीतिका कारण शेयर बजारमा थप सकारात्मक असर

काठमाडौं, साउन ४ : आकर्षक मौद्रिक नीतिका कारण आइतबार बजार ६ दशमलव ०४ प्रतिशतले वृद्धि हुँदै नेप्से परिसूचक ८४ दशमलव २६ अंकले बढेर १४७९ दशमलव ०३ क....

मौद्रिक नीतिका कारण शेयर बजारमा थप सकारात्मक असर

काठमाडौं, साउन ४ : आकर्षक मौद्रिक नीतिका कारण आइतबार बजार ६ दशमलव ०४ प्रतिशतले वृद्धि हुँदै नेप्से परिसूचक ८४ दशमलव २६ अंकले बढेर १४७९ दशमलव ०३ को विन्दुमा बन्द भएको छ।

१४०८ दशमलव ५२ को विन्दुमा खुलेको दोस्रो बजारको उच्च र अन्तिम विन्दु एउटै रह्यो। ६ प्रतिशतले बजार वृद्धि भएकाले आज पुरै समय शेयर कारोबार हुन पाएन।

आजको बजारको अवस्था 

Hardik ivf


 
आज सर्वाधिक कारोबार हुने 

आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर सर्वाधिक किनबेच भएको छ। पुनर्बीमा कम्पनीको २ करोड ५३ लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने 
आज गुराँस लघुवित्त, एनआईसी एशिया बैंक, नाबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक शेयरका शेयरधनीले सर्वाधिक १० प्रतिशतले   कमाए भने आज गुमाउने शीर्षकमा कुनै पनि कम्पनी रहेको छैन। 


छोटो समयावधिको प्राविधिक विश्लेषण 

अघिल्लो कारोबार दिनको विश्लेषण अनुसार बजार सकारात्मक रहेको र अर्को तत्कालीन प्रतिरोध १४२५ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार बढ्दो प्रवृत्तिमा रह्यो र १४२५ को सामान्य प्रतिरोधलाई पनि तोडेको थियो।  बजार एक घण्टा समयपछि ६ दशमलब ०४ प्रतिशतको सकारात्मक सर्किट लागे पछि बजार बन्द भएको थियो। 

चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति

चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल १३६२ को प्रतिरोध क्षेत्रलाई तोडेपछि बढिरहेको देखिन्छ। आजको बजारले ‘बुलिस मारुबोजु’ मैनबत्ती आकृति बनाएको छ। यसले आज बजारमा खरिदकर्ताको चाप रहेको र अर्को कारोबार पनि बजार बढ्न सक्ने संकेत गर्दछ। आज बजार सर्किट लागे बापत छिटै बन्द भएको कारणले गर्दा परिमाण कम रहेको छ। 

चित्र नं. २ : आजको रेखा प्रवृत्ति


चित्र नं.२ मा, आजको शेयर बजारको रेखा प्रवृत्ति देखाइएको छ। यसले आज कारोबार खुलेदेखि बन्द समयसम्म बजार बढ्दो प्रवृत्तिमा रहेको देखिन्छ। यसले बजारमा माग अत्यधिक रहेको संकेत गरेको छ। 

निष्कर्ष : माथि उल्लेखित बजार प्रवृत्तिलाई समग्रमा हेर्दा बजार सकारात्मक रहेको र अर्को तत्कालीन प्रतिरोध १५१० को क्षेत्रमा रहेको देखिन्छ। हाल बजारको टेवा  १४०० को क्षेत्रमा रहेको देखिन्छ। 
 

प्रकाशित मिति: १८:३९ बजे, आइतबार, साउन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्