Kathmandu Press

‘सुशान्तको आत्महत्याबारे मेरो अभिव्यक्ति गलत सावित भए पद्मश्री पुरस्कार फिर्ता गर्छु’

काठमाडौं, साउन ४ : बलिउड अभिनेत्री कंगना रनौतले सुशान्त सिंह राजपुतको निधनबारे निरन्तर बोल्दै आएकी छिन्। पछिल्लो पटक भने उनले राजपुतको आतमहत्याबारे आफ....

‘सुशान्तको आत्महत्याबारे मेरो अभिव्यक्ति गलत सावित भए पद्मश्री पुरस्कार फिर्ता गर्छु’

काठमाडौं, साउन ४ : बलिउड अभिनेत्री कंगना रनौतले सुशान्त सिंह राजपुतको निधनबारे निरन्तर बोल्दै आएकी छिन्। पछिल्लो पटक भने उनले राजपुतको आतमहत्याबारे आफूले दिएको अभिव्यक्ति गलत साबित भए पद्मश्री पुरस्कार फिर्ता गर्ने बताएकी छिन्। 

रनौतले जुन १४ मा सुशान्तले आत्महत्या गर्नुमा बलिउडमा रहेको नातावाद भएको बताएकी थिइन्। साथै सुशान्तको आत्महत्या नभइ नियोजित हत्या हो भनेकी थिइन्।

रिपब्लिक टिभीसँगको अन्तर्वातामा उनले आफ्नो उक्त अभिव्यक्ति गलत साबित भए पद्मश्री फिर्ता गर्ने बताएकी हुन्। भारत सरकारबाट कंगनाले यसै वर्ष कला क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानबाट पद्मश्री पुरस्कार पाएकी थिइन्।

उनको उक्त दाबीलाई समर्थ जनाउँदै सामाजिक सञ्जालमार्फत इशकरणसिंह भण्डारीले कंगनाको टिमलाई कुनै कानुनी मद्दत दिन आफू तयार जनाएका छन्। 

यस महिनाको सुरुवातमा प्रहरीले बोलाउँदा कंगना बयान दिन नगएको खबर सार्वजनिक भएको थियो। कंगनाको समूहले ट्वीट लेखेको थियो – हालसम्म कंगना रनौतलाई मुम्बई प्रहरीबाट कुनै किसिमको आग्रह आएको छैन। तर, कुनै पनि किसिमको सहयोग वा सहकार्यका लागि उनी तयार छिन्।

प्रकाशित मिति: १७:५३ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्