स्टोक्स सर्वश्रेष्ठ अलराउन्डर : चोपडा
काठमाडौं, साउन ४ : भारतीय पूर्वक्रिकेटर तथा कमेन्टेटर आकाश चोपडाले इंग्ल्यान्डका बेन स्टोक्स सर्वश्रेष्ठ अलरान्डर भएको बताएका छन्।
आफ्न....

काठमाडौं, साउन ४ : भारतीय पूर्वक्रिकेटर तथा कमेन्टेटर आकाश चोपडाले इंग्ल्यान्डका बेन स्टोक्स सर्वश्रेष्ठ अलरान्डर भएको बताएका छन्।
आफ्नो युट्युब शो ‘आकाशवाणी’मा चोपडाले बल र ब्याट् दुवैमा उत्कृष्ट लयमा रहेका स्टोक्स सर्वश्रेष्ठ अलराउन्डर भएको बताएका हुन्। चोपडाले स्टोक्स वर्तमान समयमा क्रिकेटका तीनै प्रारुपका नम्बर एक अलराउन्डर भएको बताए। म्यान्चेष्टरमा जारी वेष्ट इन्डिजविरुद्धको दोस्रो टेस्टको पहिलो पारीमा स्टोक्सले १७६ रनको उत्कृष्ट खेलेका छन्।
‘यो सयम स्टोक्स तीनवटै फम्र्याटका नम्बर वान अलराउन्डर हुन्, यसमा कुनै शंका छैन,’ चोपडाले भनेका छन्, ‘यदि तपाईं टेस्ट क्रिकेट हेर्नुहुन्छ भने उनको व्याटिङ औषत ४३ छ। वान डेमा ५९ र टी–२० मा ३३ को व्याटिङ औषत छ।’
गत वर्षको एकदवसीय विश्वकप र एसेज सिरिजमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। उनकै उत्कृष्ट प्रदर्शनको मद्दतमा फाइनलमा सुपर ओभरमा न्यूजिल्याण्डलाई पराजित गर्दै इंग्ल्यान्डले विश्वकप उपाधि जितेको थियो। स्टोक्सले विश्वकपमा ४६५ रन बनाउनुका साथै ७ विकेट लिएका थिए।
यस्तै, एसेज सिरिजमा समान दुई शतक र दुई अर्धशतकसहित ४४१ रन बनाउनुका साथै ८ विकेट लिएका थिए।
चोपडाले भारतीय अलराउन्डर हार्दिक पाण्डेय पनि स्टोक्सको उचाइमा पुग्न सक्ने बताए। चोपडाले भने, ‘पाण्डेय त्यो उचाइमा पुग्न सक्छन्। उनले पनि राम्रो क्रिकेट खेलिरहेका छन्। तर, पाण्डेयलाई चोटले केही पछाडि धकेलेको छ।’ पाण्डेयको टेस्टमा ब्याटिङ औषत २८, वान डेमा ५४ र टी–२० मा १८ छ।
भारतीय पूर्वब्याट्सम्यान चोपडाले भारतकै रविन्द्र जडेजा र बंगलादेशक सकिब अल हसन भने निकै पछाडि रहेको बताएका छन्। ‘जडेजा यो यात्रामा छन्, तर उनी त्यहाँ पुगिसकेका छैनन्। सकिब पनि यो लाइनमा छन्। मलाई लाग्दै स्टोक्सको छेउछाउ उनी पुग्न सक्छन्,’उनले भनेका छन्।











