Kathmandu Press

दीपिका र प्रभास एउटै फिल्ममा देखिँदै

काठमाडौं, साउन ४ : बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रभास एउटै फिल्ममा देखिने भएका छन्।

उनीहरु बैजयन्ती फिल्मको 'प्रभास २१' फिल्ममा....

दीपिका र प्रभास एउटै फिल्ममा देखिँदै
एजेन्सी

काठमाडौं, साउन ४ : बलिउड अभिनेत्री दीपिका पादुकोण र प्रभास एउटै फिल्ममा देखिने भएका छन्।

उनीहरु बैजयन्ती फिल्मको 'प्रभास २१' फिल्ममा सँगै खेल्ने भएका हुन्। यो फिल्म नाग अश्विनले बनाउन लागेका हुन्।

दीपिका र प्रभास पहिलो पटक एउटै फिल्ममा खेल्न लागेका हुन्। यो बिग बजेट फिल्म हुने भारतीय मिडियाले जनाएका छन्।

यो फिल्मको सुटिङ सन् २०२१ को अप्रिलदेखि हुने जनाएको छ। त्यस्तै, सन २०२२ मा रिलिज हुनेछ।

दीपिकाले पछिल्लो पटक मेघना गुल्जारको 'छपाक'मा काम गरेकी थिइन्। त्यस्तै, प्रभास गत वर्ष 'साहो'मा देखिएका थिए।

प्रकाशित मिति: १३:५५ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्