दुबईमा अलपत्र महिलालाई फर्काउन जिग्रीले हवाइ टिकट सघाउने
काठमाडौं, साउन ४ : कलाकार कुमार कट्टेल ‘जिग्री'ले दुबईमा अलपत्र एक नेपाली महिलालाई फर्काउन हवाई भाडा सहयोग गर्ने भएका छन्।
आइतबार ....

काठमाडौं, साउन ४ : कलाकार कुमार कट्टेल ‘जिग्री'ले दुबईमा अलपत्र एक नेपाली महिलालाई फर्काउन हवाई भाडा सहयोग गर्ने भएका छन्।
आइतबार आफ्नो जन्मदिनका अवसरमा उनले दुबईमा अलपत्र महिलालाई हवाई भाडा सहयोग गर्ने बताएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले मेरो जन्मदिन खुशियालीका साथ मनाउनुको सट्टा दुःखमा रहनु भएकी नेपाली चेलीलाई दुबईबाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु।'
झापा घर भएकी ती महिला भारतको बाटो हुँदै दुबई पुगेर अलपत्र परेकी हुन्। उनी पीडामा रहेका जानकारी पाएपछि सहयोग गर्न लागेको जिग्रीले बताएका छन्।
उनी ‘भद्रगोल’ हाँस्य टेलिश्रृखंलाबाट जिग्री नामले चर्चित छन्।
प्रकाशित मिति: ११:२० बजे, आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












