Kathmandu Press

इपिएल : बर्नलीले नर्विच सिटीलाई हरायो 

काठमाडौं, साउन ४ : इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले नर्विच सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा बर्नलीले ९ खेलाडीमा सिमित नर्विचलाई २&ndash....

इपिएल : बर्नलीले नर्विच सिटीलाई हरायो 

काठमाडौं, साउन ४ : इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले नर्विच सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा बर्नलीले ९ खेलाडीमा सिमित नर्विचलाई २–० ले पराजित गरेको हो ।

नर्विच पहिलो हाफमै ९ खेलाडीमा समेटिएको थियो । खेलको ३५ औं मिनेट इमिलियानो बुन्डियाले रातो कार्ड पाउँदा घरेलु टोली १० खेलाडीमा समेटिएको हो । ४५ औं मिनेटमा जोसिप ड्रिमिकले रातो कार्ड पाएपछि नर्विच ९ खेलाडीमा समेटियो ।

जसको फाइदा बर्नलीले उठायो । र, पहिलो हाफको इञ्जुरी समयमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १–० को अग्रता दिलाए । खेलको ८० औं मिनेटमा नर्विचका बेन गडफ्रेले आत्मघाती गोल गरेपछि बर्नली २–० ले विजयी भयो ।

जितसँगै ५४ अंक जोडेको बर्नली लिगको नवौं स्थानमा उक्लिएको छ । रेलिगेसनमा परिसकेको नर्विच २१ अंक जोडेर पुछारमा छ ।

प्रकाशित मिति: ०७:५९ बजे, आइतबार, साउन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्