Kathmandu Press

आर्सनल एफए कपको फाइनलमा*

काठमाडौं, साउन ४ : म्यानचेष्टर सिटीलाई हराउँदै आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

 गएराति भएको सेमिफाइनल खेलमा आर्सनलले....

आर्सनल एफए कपको फाइनलमा*

काठमाडौं, साउन ४ : म्यानचेष्टर सिटीलाई हराउँदै आर्सनल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

 गएराति भएको सेमिफाइनल खेलमा आर्सनलले म्यानचेष्टर सिटीलाई २–० गोलले हरायो। वेम्ली स्टेडियममा भएको खेलमा आर्सनलका लागि दुवै गोल कप्तान पिरेरे एमेरिक ओबामियाङले गरेका थिए।  

पहिलो हाफको १९ औँ मिनेटमा निकोलस पेपेको क्रसमा गाेल गर्दै उनले सुरुवाती अग्रता दिलाए। खेलको ७१ औँ मिनेटमा उनैले दाेस्राे गाेल थपे। त्यसपछि दुवै टाेलीले गाेल गर्न नसक्दा आर्सनलले एफए कपकाे फाइनल यात्रा तय गरेकाे हाे।

अब आर्सनले उपाधिका लागि आज राति १० : ४५ बजे हुने चेल्सी र म्यान्चेष्टर युनाइटेडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।  

* यसअघि याे समाचारकाे शीर्षकमा अन्यथा हुन गएकाेमा सच्याइएकाे छ।

प्रकाशित मिति: ०६:५७ बजे, आइतबार, साउन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्