Kathmandu Press

नायक कुनाल खेमु अभिनित फिल्म ‘लुटकेस’ को ट्रेलर सार्वजनिक

काठमाडौं, साउन १ : फक्स स्टार इन्डियाले फिल्म ‘लुटकेस’ को ट्रेलर सार्वजनिक गरेको छ। सार्वजनिक ट्रेलरमा लेखिएको छ ‘यो लुटकेसले कसको भ....

नायक कुनाल खेमु अभिनित फिल्म ‘लुटकेस’ को ट्रेलर सार्वजनिक

काठमाडौं, साउन १ : फक्स स्टार इन्डियाले फिल्म ‘लुटकेस’ को ट्रेलर सार्वजनिक गरेको छ। सार्वजनिक ट्रेलरमा लेखिएको छ ‘यो लुटकेसले कसको भाग्य बदल्छ?’

राजेश कृष्णननको निर्देशनमा  बनेको यस चलचित्रमा कुनाल खेमु, रसिका डुगाल, विजय राज, रणवीर सोरी लगायतको मुख्य भूमिका रहेकाे छ।

कुनालले ट्वीटरमा फिल्मको ट्रेलर सेयर गर्दै लेखेका छन्, ‘सबै जना भनिरहेछन् यस ब्यागमा केही कालो छ तपाई आफैं हेर्नुस्।’

पैसाको अभाव भएको एक व्यक्तिले पैसाले भरिएको ब्याग भेटेपछि त्यसलाई सामना गर्नुपरेका घटनालाई फिल्ममा देखाउन खोजिएको छ। 

फिल्म ३१ जुलाई रिलिज हुने भएको छ। 

चलचित्रको ट्रेलर रिलिज भएसँगै अधिकांश नेपाली दर्शकले नेपाली चलचित्र ‘जात्रा’को कथावस्तुसँग उक्त फिल्म मिलेको भन्दै प्रतिक्रिया दिएका छन्।

प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्