मौद्रिक नीति : पर्यटन क्षेत्रसँग सम्बन्धित आयोजनामा रकम अभाव हुन नदिने, ५० अर्बको पुर्नउत्थान कोष
काठमाडौं, साउन २ : सरकारले पर्यटन क्षेत्रसँग सम्बन्धित आयोजनामा पैसा अभाव हुन नदिने भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमार्फत पर्यटन ....

काठमाडौं, साउन २ : सरकारले पर्यटन क्षेत्रसँग सम्बन्धित आयोजनामा पैसा अभाव हुन नदिने भएको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमार्फत पर्यटन क्षेत्रसँग सम्बन्धित निर्माणधिन आयोजनमा पैसा अभाव हुन नदिन बैंक तथा वित्तिय संस्थाबाट आवश्यक ऋण प्रवाह गर्ने व्यवस्था मिलाएको गर्भनर महाप्रसाद अधिकारीले जानकारी दिए।
यस्तै कोरोना भाइरसका कारण थला परेको पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगहरुका श्रमिकहरुलाई पारिश्रमिक भुक्तानीका लागि ५० अर्बको पुर्नउत्थन कोष बनाइएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगहरुले विभिन्न बैंकहरुबाट ५ प्रतिशत व्याजमा ऋण लिन पाउने व्यवस्था मिलाइएको छ।










-1754206481.jpg)
