Kathmandu Press

रिलिज हुने तयारीमा बलिउडका दर्जन फिल्म

काठमाडौं, साउन २ : कोरोना भाइरसको महामारीका कारण फिल्म हल बन्द रहँदा बलिउड निर्माता डिजिटल माध्यमतिर लागेका छन्। केही दिनभित्रै बलिउडका एक दर्जन ठूला ....

रिलिज हुने तयारीमा बलिउडका दर्जन फिल्म

काठमाडौं, साउन २ : कोरोना भाइरसको महामारीका कारण फिल्म हल बन्द रहँदा बलिउड निर्माता डिजिटल माध्यमतिर लागेका छन्। केही दिनभित्रै बलिउडका एक दर्जन ठूला फिल्म रिलिज हुन लागेका छन्।

नेटफ्लिक्समा जान लागेको पहिलो फिल्म हो, तोरबाज। यसमा संजय दत्त, नरगिस पाखरी र राहुल देवको अभिनय रहेको छ।

त्यस्तै, जानह्वी कपूरको गुञ्जन सक्सेनाः द कार्गिल गर्ल, नावाजुद्दीन सिद्धिकी र राधिका आप्टेको रात अकेली है, यमी गौतम र बिक्रान्त मैसीको गिन्नी वेड्स सन्नी, भूमि पेडनेकर र कोकणा सेन शर्माको डाली, किटी और ओ चमकते सितारे तथा

अभिषेक बच्चन, राजकुमार राव, आदित्य कपूर, फातिमा सना सेख, सान्या मलहोत्रा र पंकज त्रिपाठीको लूडो पनि नेटफ्लिक्समा प्रदर्शन हुने भएको छ।

यस्तै, विद्युत जमावालको खुदा हाफिज, सुशान्तसिंह राजपूतको दिल बेचरा, अक्षय कुमारको लक्ष्मी बम, अजय देवगनको भुजः द प्राइड अफ इन्डिया फिल्म डिज्नी हटस्टारमा आउँदै छन्। अभिषेक बच्चनको सडक २ पनि डिज्नी हटस्टारमा नै देख्न सकिने छ।

 

प्रकाशित मिति: ११:४८ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्