Kathmandu Press

रियल मड्रिडले चुम्यो ला लिगाको उपाधि

काठमाडौं, साउन २ : रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा भिल्लारियललाई २–१ गोलले पराजित गर्दै रियल ....

रियल मड्रिडले चुम्यो ला लिगाको उपाधि

काठमाडौं, साउन २ : रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा भिल्लारियललाई २–१ गोलले पराजित गर्दै रियल मड्रिडले एक खेल बाँकी छँदै लिगको उपाधि चुमेको हो । 

अल्फ्रेडो डि स्टेफानो मैदानमा भएको खेलमा रियलका लागि करिम बेन्जिमाले नै २ गोलको योगदान दिए । भिल्लारियलका लागि भिसेन्ट इबोर्राले शान्त्वना गोल फर्काए । पहिलो हाफको २९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा मार्फत् टोलीका लागि दोस्रो गोल गरे। 

खेलको ८३ औं मिनेटमा भिल्लारियलका इबोर्राले शान्त्वना गोल फर्काए।  भिल्लारियल माथिको जितसँगै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि जितेको हो । रियलले ३७ खेलमा ८६ अंक जोडेको छ।  

समान खेलबाट बार्सिलोनाको ७९ अंक छ। भिल्लारियल ७५ अंकसहित पाँचौं स्थानमा छ। यो जितसहित रियल लिगको सर्वाधिक ३४ औँ पटक उपाधि जित्ने क्लब बनेको छ।  

पछिल्लो पटक रियलले सन् २०१६–१७ को सिजनको उपाधि जितेको थियो। 

गएराति नै सम्पन्न खेलमा बार्सिलोना ओसासुनासँग २–१ गोलले पराजित भएको छ।

प्रकाशित मिति: ०७:०५ बजे, शुक्रबार, साउन २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्