Kathmandu Press

भारत लगातार पाँचौ पटक साफ च्याम्पियन,नेपाल उपविजेतामै सीमित

विराटनगर, ८ फागुन: भारतले लगातार पाँचौ पटक साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। 

विराटनगरको सहिद रंगशालामा शुक्रबार भएक....

भारत लगातार पाँचौ पटक साफ च्याम्पियन,नेपाल उपविजेतामै सीमित

विराटनगर, ८ फागुन: भारतले लगातार पाँचौ पटक साफ महिला च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। 

विराटनगरको सहिद रंगशालामा शुक्रबार भएको फाइनलमा घरेलु टोली नेपाललाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले लगातार पाँचौ पटक उपाधि उचालेको हो। खेलको सुरुदेखि नै भारतले घरेलु टोली नेपालमाथि दबाब कायम गरेको थियो। 

खेलको २६ औं मिनेटमा डालिमा छिपरले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर, खेलको ३३ औं मिनेटमा नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएकी थिइन्। 

पहिलो हाफ बराबरीमा सकिएपनि भारतले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो। भारतका लागि खेलको ६२ औं मिनेटमा ग्रेस डाङ्ग्रीले गोल गर्दै फेरि २–१ को अग्रता दिलाइन्।  त्यसको १५ मिनेटपछि भारतका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेकी अञ्जु तामाङले खेलको ७८ औं मिनेटमा तेस्रो गोल गरिन्।

बाँकी समयमा दुबै टोलीका तर्फबाट गोल नभएपछि खेल भारतले ३–१ ले जितेको हो। जितसँगै भारतले महिला साफ च्याम्पियनसिपमा इतिहास नै कायम गरेको छ। भारतले लगातार पाँचौ पटक महिला साफ च्याम्पियनसिप जित्न सफल भयो। 

हारसँगै घरेलु मैदानमा पहिलो पटक उपाधि उचाल्दै इतिहास बनाउने नेपालको सपना चकनाचुर हुन पुग्याे। नेपाल पाँचमध्ये चार संस्करणमा फाइनल पुगेपनि उपाधि उचाल्न असफल हुँदै आएको छ।
 

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, चैत ८, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्