Kathmandu Press

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का नियुक्त

काठमाडौं, साउन १ : माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ। बैंकले आफ्नो व्यवसाय प्....

माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वेता खड्का नियुक्त

काठमाडौं, साउन १ : माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा चर्चित अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई नियुक्त गरेको छ। बैंकले आफ्नो व्यवसाय प्रवर्द्धनको लागि खड्कालाई एम्बासडरमा नियुक्त गरेको हो।

माछापुच्छ्रे बैंक लाजिम्पाटमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा नायिका स्वेता खड्काले सझौतापत्रमा हस्ताक्षर गरे। खड्काको माध्यमबाट समाजका हरेक तह र तप्कासम्म बैंकको पहुँच पुग्ने बिश्वास बैंकले लिएको छ। 

नायिका खड्काले २० वर्ष लामो इतिहास बोकेको माछापुच्छ्रे  बैंकसँग ब्रान्ड एम्बासडरको रुपमा आवद्ध हुन पाउदाँ आफुलाई खुसी लागेको बताइन्। उनले आगामी दिनमा बैंकलाई थप उचाईमा पुर्याउन आफ्नो तर्फबाट आवश्यक भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्ति गरिन्। 

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे  बैंक पुर्वदेखि पश्चिमका साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिंङ सेवासमेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिंङ सुबिधा प्रदान गरीरहेको छ।

प्रकाशित मिति: १४:०० बजे, बिहीबार, साउन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्