Kathmandu Press

महिला साफ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल र भारतबीच १–१ गोलको बराबरी

विराटनगर, ८ चैत: पाँचौ साफ च्याम्पियनसिप महिला फुटबलको पहिलो हाफ नेपाल र भारतबीचको १–१ गोलको बराबरीमा सकिएको छ। 

विराटनगरको ....

महिला साफ च्याम्पियनसिपः पहिलो हाफमा नेपाल र भारतबीच १–१ गोलको बराबरी
फाइल तस्वीर

विराटनगर, ८ चैत: पाँचौ साफ च्याम्पियनसिप महिला फुटबलको पहिलो हाफ नेपाल र भारतबीचको १–१ गोलको बराबरीमा सकिएको छ। 

विराटनगरको सहिद रंगशालामा जारी फाइनल खेलमा सुरुवाती अग्रता भने भारतले लिएको थियो। खेलको २३ औं मिनेटमा भारतका लागि डालिमा छब्बरले गोल गर्दै अग्रता दिलाएकी थिइन्।

तर, त्यो अग्रता धेरैबेर टिक्न सकेन। घरेलु टोली नेपालका लागि खेलको ३३ औं मिनेटमा सावित्रा भण्डारीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएकी हुन्। भारत लगातार पाँचौ पटक उपाधि उचाल्ने दाउमा छ भने नेपाल घरेलु मैदानमा उसलाई हराउँदै पहिलो पटक उपाधि हात पार्ने ध्याउन्नमा छ। 
 
प्रकाशित मिति: १६:०९ बजे, शुक्रबार, चैत ८, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्