Kathmandu Press

तेल्गु फिल्म ‘हिट’को हिन्दी संस्करणमा राजकुमार राव

काठमाडौं, साउन १ : तेल्गु फिल्म ‘हिट’को हिन्दी संस्करण बन्ने भएको छ। यसमा अभिनेता राजकुमार रावको मुख्य भूमिकामा देखिने भएका छन्।

तेल्गु फिल्म ‘हिट’को हिन्दी संस्करणमा राजकुमार राव

काठमाडौं, साउन १ : तेल्गु फिल्म ‘हिट’को हिन्दी संस्करण बन्ने भएको छ। यसमा अभिनेता राजकुमार रावको मुख्य भूमिकामा देखिने भएका छन्।

अभिनेता राजकुमारले यसमा खेल्न लागेको बताएका छन्। ‘पहिलोपटक हेर्दै हिटसँग कनेक्ट भएँ। एउटा कलाकारको रुपमा मैले त्यस्तो पात्र फिल्ममा देखेँ, जुन सधैं गर्न चाहेको थिएँ। अन्ततः फिल्मको लागि अवसर पनि पाएको छु,’ उनले भने।

शैलेश कोलानुको निर्देशन रहेको यस फिल्ममा विश्वके सेन र रुहानी शर्माको  मुख्य भूमिका रहेको छ। होमिसाइड इन्टर्भेन्सन टिमको थ्रिलर ‘हिट’ले एक प्रहरी जवानको कथा भन्छ। जसले एक हराएको घटनामा संलग्नताको आरोप खेप्छन्।

हिटमा मुख्य पात्र विगत र वर्तमान अवस्थाबीचको द्विविधामा हुन्छ। पात्रलाई राजकुमारले न्यायपूर्ण तरिकाले काम गर्ने निर्देशक कोलानुको विश्वास छ।

भारतीय सञ्चारमाध्यमका अनुसार  फिल्म छायांकनको लागि सन् २०२१ को सुरुआतदेखि फ्लोरमा निस्कनेछ।

प्रकाशित मिति: ११:४२ बजे, बिहीबार, साउन १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्