Kathmandu Press

ख्वप सर्कलबाट कोरोना कोषमा सात लाखभन्दा बढी रकम जम्मा 

काठमाडौं, असार ३१ : ख्वप सर्कल अन्तर्गतको तीन वटा कलेजले कोरोना संक्रमण कोषमा सात लाख भन्दा बढी रकम जम्मा गराएको छ। सर्कल अन्तर्गतको ख्व्प मावि, ख्व्प....

ख्वप सर्कलबाट कोरोना कोषमा सात लाखभन्दा बढी रकम जम्मा 

काठमाडौं, असार ३१ : ख्वप सर्कल अन्तर्गतको तीन वटा कलेजले कोरोना संक्रमण कोषमा सात लाख भन्दा बढी रकम जम्मा गराएको छ। सर्कल अन्तर्गतको ख्व्प मावि, ख्व्प कलेज र शारदा क्याम्पस मावि देकोचा भक्तपुरले संयुक्त रुपमा सात लाख ३६ हजार तीन सय ९२ रुपैयाँ जम्मा गरेको हो। 

ख्वप कलेजका एक सय ६१ शिक्षक कर्मचारीहरुबाट ५ लाख ३ हजार ९०४, ख्वप कलेजका ८२ जना शिक्षक कर्मचारीहरुबाट २ लाख २५ हजार ७५८ र शारदा क्याम्पस उच्च माविको एक एकजना शिक्षकबाट ६ हजार ७ सय ३० रुपैयाँ गरी कुल सात लाख ३६ हजार तीन सय ९२ रुपैयाँं कोषमा जम्मा गरिएको ख्व्प कलेजले जनाएको छ।
नेपाल सरकारले जारी गरेको निर्देशनअनुसार कार्यरत शिक्षक तथा कर्मचारीहरुको असार महिनाको मासिक पारिश्रमिक कटौटी गरी कोरोना कोषमा रकम जम्मा गरेको हो।

सहप्राध्यापकहरुको सात दिन, उपप्रध्यापक, पूर्णकालिन वी शिक्षक र अधिकृतस्तरका कर्मचारीहरुको पाँंच दिन, पूर्णकालिन सी र मासिक आधारका शिक्षकहरुको तीन दिन र सहायकस्तर तथा श्रेणीविहीन कर्मचारीहरुको तीन दिन गरी उनीहरुको असार महिनाको मासिक पारिश्रमिक कटौटी गरिएको हो।

विगतमा आइपरेका संकटहरुमा शिक्षक तथा कर्मचारीहरुले सहयोग गर्दै आएको स्मरण गर्दै यो पटक पनि कोरोना कोषका लागि शिक्षकहरुले योगदान गरेको कलेजका प्राचार्य रुपक जोशीले बताए।

प्रकाशित मिति: १८:२० बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्