Kathmandu Press

अमिताभ बच्चनलाई अस्पतालमै राखिने, अभिषेकलाई डिस्चार्ज गर्ने तयारी

काठमाडौं, असार ३१ : कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएका बलिउड अभिनेता अमिताभ बच्चन परिवारको स्वास्थ्य सामान्य रहेको जनाएको छ।

....

समाचार संस्था पीटीआईका अनुसार अमिताभको मुम्बईको नानावटी अस्पतालमा उपचार भइरहेको छ। उनलाई उपचारका लागि आवश्यक सबै उपाया अपनाइएको छ।

Hardik ivf

उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। तर, उमेरका कारण उनलाई अझै केही दिन अस्पतालमै राखिने भएको छ।

उनका छोरा अभिषेकलाई पनि नानावटी अस्पतालकै आइसोलेसनमा राखिएको छ। उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको छ। अभिषेकलाई भने सेल्फ आइसोलेसनमा बस्ने गरि डिस्चार्ज गर्ने तयारी गरिएको जनाएको छ।

अमिताभ र अभिषेकसँगै ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई पनि कोरोना देखिएको छ। उनीहरुको उपचार भइरहेको अस्पतालबारे भने धेरै खुलाइएको छैन। उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको जनाएको छ।

अमिताभ परिवारले बस्दै आएको जलसा भवनलाई स्यानिटाइज गरिएको छ। तत्काल कसैलाई पनि त्यहाँ जान दिएको छैन।

प्रकाशित मिति: १२:५९ बजे, बुधबार, असार ३१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्