Kathmandu Press

दीपाश्रीबारे बल्ल बोले महानायक हमाल, गाली नगर्न सबैलाई आग्रह 

काठमाडौं, असार ३१ : महानायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलाप्रति लक्षित गर्दै उनलाई माफि दिनका लागि आफ्ना फ्यानहरुलाई आग्रह गरेका छन्....

दीपाश्रीबारे बल्ल बोले महानायक हमाल, गाली नगर्न सबैलाई आग्रह 

काठमाडौं, असार ३१ : महानायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलाप्रति लक्षित गर्दै उनलाई माफि दिनका लागि आफ्ना फ्यानहरुलाई आग्रह गरेका छन् ।

मंगलबार मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले सहकर्मी दीपाश्री निरौलाप्रति लक्षित गर्दै माफी दिन आग्रह गरेका हुन् । हमालले आफूप्रति लक्षित गर्दै दीपाश्रीले दिएको अभिव्यक्तिका बिरुद्ध दर्शकले सामाजिक सञ्जालमा ब्यापक गाली गरिरहेको भन्दै त्यस्ता प्रतिक्रियाहरु नजनाउन आग्रह गरेका हुन् ।

हमालले आफ्नो भिडियोमा दीपाश्रीको नामै नलिई सम्बन्धित व्यक्तिलाई क्षमा गरिदिन आग्रह गरेका हुन् ।

त्यस्ता प्रतिक्रियाले मानवता आँच आउनुका साथै आघात पुग्ने र चोट लाग्ने भन्दै त्यस्तो कार्य गर्नु सहि होला र ?, भनेर उनले प्रश्न समेत गरेका छन् । करिब ९ मिनेट लामो भिडियोमा उनले आफ्ना दर्शकलाई फराकिलो भएर अत्यन्त सकरात्मक हिसावबाट कसैको मानवतामा आँच नपुग्ने गरी आफ्ना अभिव्यक्ति प्रकट गर्न सबैलाई सुल्झाउँदै कलाकारहरुलाई अगाडि बढ्ने सहज वातावरण प्रदान गरिदिन उनले सबैलाई आग्रह गरेका छन् ।

कलाकार निरौलाले महानायक हमालप्रति लक्षित गर्दै एक टेलिभिजन कार्यक्रममा महानायक पनि हुनुहुन्छ र ? भनेपछि हमालका फ्यानले उनलाई व्यापक गाली गरेका थिए । सामाजिक सञ्जालमा ब्यापक आलोचना खेपेकी निरौलाले आफूबाट गल्ती भएको स्वीकार गर्दै माफी मागे पनि सामाजिक सञ्जालमा उनका नाममा गाली अझै रोकिएका छैनन् ।

लामो समयसम्म यहि कारणले सामाजिक सञ्जाल तातेपछि महानायक हमालले यस्तो आग्रह गरेका हुन् । 

प्रकाशित मिति: ०८:४६ बजे, बुधबार, असार ३१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्