इपिएल : चेल्सीले नर्विच सिटीलाई हरायो
काठमाडौं, असार ३१ : इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पराजित गर्दै च्याम्पियन्स लिगमा छनोटको सम्भावना कायमै राखेको छ....

काठमाडौं, असार ३१ : इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नर्विच सिटीलाई १–० गोलले पराजित गर्दै च्याम्पियन्स लिगमा छनोटको सम्भावना कायमै राखेको छ ।
मंगलबार राति चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० गोल अन्तरले हरायो । दुई खेल खेल्न बाँकी रहेको अवस्थामा तेस्रो स्थानको चेल्सीले आफुलाई थप सुरक्षित गरेको छ ।
पहिलो हाफको ईन्जुरी समयमा जिराउडले हेडमार्फत गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन् ।चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग ४ अंकको अग्रता लिएको छ । चेल्सीलाई अब एक जितले च्याम्पियन्स लिगमा छनोट गराउनेछ ।
प्रकाशित मिति: ०६:५० बजे, बुधबार, असार ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











