Kathmandu Press

नेप्से परिसूचक मुख्य प्रतिरोध क्षेत्र नजिक

काठमाडाैं, असार ३० :  आज बजार शुन्य दशमलव ३८ प्रतिशतले बढ्दै  नेप्से परिसूचक ५  दशमलव ०४ अंकले बढेर  १३४७ दशमलव ४४ को विन्दुम....

नेप्से परिसूचक मुख्य प्रतिरोध क्षेत्र नजिक

काठमाडाैं, असार ३० :  आज बजार शुन्य दशमलव ३८ प्रतिशतले बढ्दै  नेप्से परिसूचक ५  दशमलव ०४ अंकले बढेर  १३४७ दशमलव ४४ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार १३४४  दशमलव ४३ को विन्दुमा खुलेको थियो भने १३४९ दशमलव २५ को उच्च विन्दुसम्म पुगेको थियो। 

आज बजारको न्यून विन्दु १३४० दशमलव ६७ थियो। आज ९९ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। 

आजको बजारको अवस्था 

Hardik ivf

आज सर्वाधिक कारोबार हुने 

आज सबै भन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको शेयर किनबेच भएको छ। पुनर्बिमा कम्पनीको ११ करोड १० लाख बराबरको शेयर किनबेच भएको छ। 

आज सर्वाधिक कमाउने र गुमाउने 


आज एनआईसी एसिया व्यालेन्स्ड फण्डका  ईकाई धनी र एनआईसी एसिया लघुवित्तका शेयरधनीले सर्वाधिक १० प्रतिशतले कमाए भने समृद्धि फाईनान्सका शेयर धनीले सर्वाधिक ६ दशमलव ६७ प्रतिशतले गुमाए।

छोटो समयावधिको प्राविधिक विश्लेषण :

चित्र नं १ : नेप्से दैनिक मैनबत्तीप्रवृत्ति


चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल १३६२ को मुख्य प्रतिरोध क्षेत्र नजिक रहेको देखिन्छ। आजको मैनबत्तीले ‘डोजी’आकृती बनाएको छ। यसले आज पनि बजारमा लगानीकर्ता अन्योल अवस्थामा रहेको संकेत गर्दछ। हाल नेप्से प्रतिरोध क्षेत्रमा रहेको देखिन्छ। आजको परिमाण सन्तोषजनक रहेको छ। 

चित्रनं.२ : ५ मिनट मैनबत्ती प्रवृत्ति

चित्र नं.२ मा, दुई कारोबार दिनहरुको पाँच मिनेट मैनबत्तीहरुको प्रवृत्ति देखाइएको छ। हिजो र आज बजार प्रवृत्ति हिन रहेकोले देखिन्छ।

२१ र ५० समयावधिको ‘एक्पोनेन्सीयलमुभिङ एभरेज’हरुले दिएको संकेत प्रभावकारी देखिँदैन।

‘रिलेटिभ स्ट्रेन्थ इन्डेक्स’ ६१ दशमलब ८१ अंकमा रहेको र यसले बजार हालसम्म सकारात्मक क्षेत्रमा रहेको संकेत गरेको छ। 

निश्कर्ष : आज पनि बजारको उतारचढाब कम भएकोले हिजोको निश्कर्षले नै निरन्तरता पाएको छ। यदि बजार १३६२ भन्दामाथि स्थिर रहेमा बजार अझ बढ्दो प्रवृत्तिमा हुन सक्ने संकेत गर्नुका साथै अर्को तत्कालिन मुख्य प्रतिरोध १४३० को क्षेत्रमा रहेको देखिन्छ। हालबजारको सामान्य टेवा  १३३३ को क्षेत्रमा रहेको देखिन्छ।

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, असार ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्