Kathmandu Press

सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो

काठमाडौं, असार ३० :  नेपाली बजारमा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १०५ र....

सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घट्यो

काठमाडौं, असार ३० :  नेपाली बजारमा मंगलबार छापावाला सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय ६० रुपैयाँ तोकेको छ।

यस्तै चाँदीको मूल्य प्रतितोला ९ सय ९५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ।

प्रकाशित मिति: १५:५५ बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्