Kathmandu Press

हलिउड अभिनेत्री तथा गायिका नाया रिभेरा मृत अवस्थामा फेला

काठमाडौं, असार ३० : हलिउड अभिनेत्री तथा गायिका नाया रिभेरा क्यालिफोर्नियाको पीरु तालमा मृत अवस्थामा भेटिएकी छन्।

रिभेरा ६ दिन अघि चार वर्षीय....

हलिउड अभिनेत्री तथा गायिका नाया रिभेरा मृत अवस्थामा फेला

काठमाडौं, असार ३० : हलिउड अभिनेत्री तथा गायिका नाया रिभेरा क्यालिफोर्नियाको पीरु तालमा मृत अवस्थामा भेटिएकी छन्।

रिभेरा ६ दिन अघि चार वर्षीय छोराका साथ उक्त तालमा स्विमिंग गर्न गएकी थिइन्। ३३ वर्षीया रिभेरा तोकिएको समयअवधि बितिसक्दा पनि फर्केर नआएपछि खोजी गरिएको थियो। उनी ३ घण्टाको लागि डुंगा भाडामा लिएर गएकी थिइन् । 

हेलिकोप्टर गोताखोर ड्रोनबाट उनको खोजी गर्ने क्रममा सोमबार साँझ उनको शव फेला हो। लाइफ ज्याकेट लगाएका उनका छोरा भने जीवितै भेटिएका छन्। उनले भने लाइफ ज्याकेट लगाएकी थिइन्। 

हलिउडमा फिल्म क्षेत्रमा राम्रो छाप बनाएकी रिभेरा हिट म्युजिकल सीरिज ग्ली बाट चर्चामा आएकी थिइन्।

प्रकाशित मिति: १५:०६ बजे, मंगलबार, असार ३०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्