Kathmandu Press

महानायक विवाद : छक्का पञ्जा ब्रान्डमाथि प्रहार भएकोमा दीपकको चिन्ता

काठमाडौं, असार ३० : कलाकार दीपकराज गिरीले महानायक विवादबारे फेसबुकमा स्पष्टिकरण दिँदै माफी माग्दा पनि छक्का पञ्जा ब्रान्डमाथि प्रहार भएकोमा चिन्ता जना....

महानायक विवाद : छक्का पञ्जा ब्रान्डमाथि प्रहार भएकोमा दीपकको चिन्ता

काठमाडौं, असार ३० : कलाकार दीपकराज गिरीले महानायक विवादबारे फेसबुकमा स्पष्टिकरण दिँदै माफी माग्दा पनि छक्का पञ्जा ब्रान्डमाथि प्रहार भएकोमा चिन्ता जनाएका छन्।

उनले माफी माग्दा पनि विवाद बढ्नु स्वभाविक नभएको बताएका छन्। ‘महानायक राजेश हमालजीलाई जुन खालको धेरै समर्थन र चासो आएको छ भने अर्कोतिर हाम्रो टिमलाई जुन गाली आएको छ। राष्ट्रव्यापी विषय भएको छ। यति लामो रुपमा राष्ट्रव्यापी विवाद हुनु स्वभाविक छैन। यो छक्का पञ्जा ब्रान्डप्रतिमाथि प्रहार हो,’ दीपकले भनेका छन्।

Hardik ivf

उनले अहिले देखिएको विवादबारे पनि शंका गरेका छन्। ‘चलचित्रकर्मीप्रति यति धेरै अगाध स्नेह, चासो भइदिएको साँच्चै हो भने नेपाली चलचित्रको अवस्था यो हुन्थेन। वर्षमा एकआध चलचित्र चलेको जस्तो हुन्थेन,’ दीपकले भनेका छन्, ‘यस्तो धेरै चासो, स्नेह, प्रेम भएको भए नेपाली चलचित्र आज कहाँ पुगिसक्थ्यो, समस्याग्रस्त हुन्थेन। यसको कारण भनेको राजेश हमालका फ्यान उनीप्रति प्रेम गरिरहनुभएको छ केही प्रतिशत, त्यो भन्दा ठूलो प्रतिशत छक्का पञ्जा ब्रान्डप्रतिको प्रहार सबैभन्दा प्रमुख कारण हो।’

राजेश हमालको महानायक ब्रान्डमा प्रश्न उठाउनु आफूहरुको गल्ती भएको र टिप्पणी गर्ने अधिकार पनि आफूहरुलाई नभएको भन्दै दीपकले त्यो हेर्ने काम इतिहास, जनता र देशको काम भएको भनाइ राखेका छन्।

आफूहरु महानायकको दौडमा नभएको उनको भनाई छ। आफ्नो टिममा दीपाश्री नै राजेशको ठूलो फ्यान भएको तथा साथी संगतका कारण अन्तर्वार्तामा बोल्दा चिप्लिएको र माफीसमेत मागिसकेकाले यो विषयमा थप नबढाउन उनले अनुरोध गरेकाछन्।

 

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, असार ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्