इपिएल : म्यानचेस्टर युनाइटेडलाई बराबरीमा रोक्यो साउथ ह्याम्पटनले
काठमाडौं, असार ३० : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई साउथ ह्याम्पटनले बराबरीमा रोकेको छ ।
म्यान्चेष्टर युनाईटेडले ....

काठमाडौं, असार ३० : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडलाई साउथ ह्याम्पटनले बराबरीमा रोकेको छ ।
म्यान्चेष्टर युनाईटेडले साउथह्याम्पटनसंग २–२ गोलको बराबरी खेल्दै शीर्ष तीनमा उक्लन मौका गुमाएको छ । वल्र्ड ट्राफोडमा पाहुना टोली साउथ ह्याम्पटनले गोल गर्दै १२ औं मिनेटमा अग्रता लिएको थियो ।
उसका लागि स्टुआर्ट आर्मस्टोङले गोल गरेका थिए । यसैगरी रासफोर्डले २० औं मिनेटमा गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए । २३ औं मिनेटमा एन्टोनियो मार्सिएलले गोल गरेपछि युनाइटेड २–१ को अग्रता लिन सफल भयो ।
पहिलो हाफमा त्यही नतिजा आत्मसाथ गरेको युनाइटेडले दोस्रो हाफको अतिरिक्त समयमा आफूलाई सम्हाल्न नसक्दा बराबरी गोल व्यहोरेको हो । ९६ औं मिनेटमा मिचेल ओवाफेमीले साउथह्याम्प्टनका लागि गोल गर्दै खेल २–२ को बराबरीमा टुंग्याए ।











