Kathmandu Press

ला लिगा : उपाधि नजिक रियल मड्रिड, ग्रानडा २–१ गोलले पराजित 

काठमाडौ, असार ३० : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानाडालाई २–१ गोलले पराजित गरेको छ।

ग्रानाडाको  घरेलु मैदानमा रिय....

ला लिगा : उपाधि नजिक रियल मड्रिड, ग्रानडा २–१ गोलले पराजित 

काठमाडौ, असार ३० : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानाडालाई २–१ गोलले पराजित गरेको छ।

ग्रानाडाको  घरेलु मैदानमा रियललाई जिताउन फर्लान्ड मेन्डी र करिम बेन्जेमाले गोल गरे। ग्रानडाका डार्विन माचिसले १ गोल फर्काए।  जितसँगै रियल बार्सिलोनाभन्दा ४ अंकले अगाडि छ।

रियलको ३६ खेलमा ८३ अंक छ भने बार्सिलोनाले ७९ अंक बनाएको छ। रियलले अर्को खेलमा अलाभेसलाई पराजित गरे यो सिजनको ला लिगा उपाधि जित्ने छ ।

 गएराति नै भएका अन्य खेलमा गेटाफेले अलाभेसलाई २–० ले पराजित गर्यो, यस्तै भिल्ला रियल रियल सोसिडाडसँग २–१ ले पराजित भयो। 

प्रकाशित मिति: ०७:०५ बजे, मंगलबार, असार ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्