Kathmandu Press

म्यान्चेष्टर सिटीमाथिको प्रतिबन्ध खारेज, च्याम्पियन्स लिग खेल्न पाउने

काठमाडौं, असार २९ : युरोपियन फुटबल एसोसिएसन (युइएफए)ले इंग्लिश क्लब म्यान्चेष्टर सिटीमाथि लगाएको दुई वर्षको प्रतिबन्ध खारेज भएको छ।

प्रतिबन्....

प्रतिबन्धमाथि सिटी गरेको अपिलको सुनुवाइ गर्दै खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोट्र्स (कास)ले सोमबार सिटीमाथिको प्रतिबन्ध खारेज गरेको हो।

कासले सिटीलाई सफाइ दिएपछि अब सिटीले युइएफएका सबै प्रतियोगिता खेल्न पाउने छ। युइएफएले दुई वर्ष प्रतिबन्ध लगाएपछि सिटीले प्रतिबन्धविरुद्ध अपिल गरेको थियो।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले क्लब इजाजत तथा आर्थिक पारदर्शिता सम्बन्धी नियमको गम्भीर उल्लंघन गरेको भन्दै सिटीमाथि दुई वर्ष प्रतिबन्ध र ३० मिलियन युरो जरिवाना लगाउने निर्णय सुनाएको थियो। 

तर, कासले पर्याप्त प्रमाण नभेटिएको भन्दै युइएफएको निर्णय उल्टाउँदै सिटीको पक्षमा फैसला गरेको थियो । सिटीले सन् २०१२ देखि २०१६ सम्म प्रायोजनबाट क्लबले पाएको आम्दानीको सही जानकारी नदिएको र अनुसन्धानमा समेत असहयोग गरेको युइएफएले आरोप लगाएको थियो।
 
प्रकाशित मिति: १५:३४ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्