Kathmandu Press

उपाधिका लागि मैदानमा उत्रिदै नेपाल

विराटनगर, चैत ८ : पाँचौं साफ महिला फुटबल प्रतियोगिताको आज फाइनल हुँदैछ । नेपाली टोली उपाधिका लागि मैदानमा उत्रिने भएको छ।

नेपाली टोलीका प्रश....

उपाधिका लागि मैदानमा उत्रिदै नेपाल

विराटनगर, चैत ८ : पाँचौं साफ महिला फुटबल प्रतियोगिताको आज फाइनल हुँदैछ । नेपाली टोली उपाधिका लागि मैदानमा उत्रिने भएको छ।

नेपाली टोलीका प्रशिक्षक हरि खड्काले उपाधिका लागि मैदानमा उत्रिने बताए । ‘हामी उपाधि जित्ने विश्वासका साथ मैदानमा उत्रिने छौं, यो हाम्रा लागि मौका पनि हो’ उनले भने।

नेपाली टिमकी क्याप्टेन निरु थापाले पनि उपाधि जित्ने बताइन् । राम्रो प्रशिक्षण र सेमिफाइनलमा पाएको फराकिलो जितले मनोबल बढेको उनको भनाइ छ।

नेपाल समूह ‘ए’को शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनलमा श्रीलंकालाई पराजित गर्दै फाइनलमा प्रवेश गरेका हो।

त्यस्तै, भारत पनि समूह ‘बी’को शीर्षस्थानमा रहेको थियो । सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।  

भारतीय प्रशिक्षक मयेमल रक्कीले पनि उपाधि जित्ने विश्वास रहेको बताए । नेपाल बलियो टिम भएपनि उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रिने उनको भनाइ छ।

भारतीय टिमकी क्याप्टेन आशालता देवीले पनि उपाधि जित्ने विश्वास गरिन् । उनले तनाव नलिएर भिड्ने बताइन्।

आज दिउसो ३ बजे विराटनगरको शहीद रंगशालामा उपाधिका लागि नेपाल र भारत भिड्दै छन्।

प्रकाशित मिति: ११:११ बजे, शुक्रबार, चैत ८, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्