Kathmandu Press

हलिउड अभिनेत्री केलीको स्तन क्यान्सरबाट निधन

काठमाडौं, असार २९ : स्तन क्यान्सरबाट हलिउड अभिनेत्री केली प्रिस्टनको निधन भएको छ।

अभिनेत्री केलीको सोमबार बिहान ५७ वर्षको उमेरमा निधन भएको ह....

हलिउड अभिनेत्री केलीको स्तन क्यान्सरबाट निधन

काठमाडौं, असार २९ : स्तन क्यान्सरबाट हलिउड अभिनेत्री केली प्रिस्टनको निधन भएको छ।

अभिनेत्री केलीको सोमबार बिहान ५७ वर्षको उमेरमा निधन भएको हो। उनी दुई वर्षदेखि स्तन क्यान्सरसँग लडिरहेकी थिइन्।

केलीका पति एवं अभिनेता जोन ट्राभोटले इन्स्टाग्राममार्फत उनको निधन भएको सार्वजनिक गरेका छन्। जोनले भनेका छन्, मेरी पत्नी केलीले स्तन क्यान्सरसँग दुई वर्षदेखिको लडाइ हारेकी छन्।

केली र जोनले २९ वर्ष अघि विहे गरेका थिए। केलीले ट्वीन, फ्रम डस्क टिल डाउन, मेरी म्यागर र द क्याट इन द ह्याट जस्ता चर्चित फिल्ममा अभिनय गरेकी थिइन्।

केली दम्पत्तीका तीन सन्तानमध्ये जेट ट्राभोटको १६ वर्षको उमेरमा निधन भएको थियो। उनका दुई सन्तान इला ब्लु र बेन्जामिन छन्।

प्रकाशित मिति: १३:३० बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्