Kathmandu Press

सुनको मूल्य तोलाको ९२ हजार तीन सय

काठमाडौं, असार २९ : सुनको मूल्य सोमबार पनि बढेको छ। आज सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रुपैयाँ पुगेको छ।

आइतबार सुनको मूल्य प्रतितोला ९....

सुनको मूल्य तोलाको ९२ हजार तीन सय

काठमाडौं, असार २९ : सुनको मूल्य सोमबार पनि बढेको छ। आज सुनको मूल्य प्रतितोला ९२ हजार तीन सय रुपैयाँ पुगेको छ।

आइतबार सुनको मूल्य प्रतितोला ९२ हजार एक सय रुपैयाँ रहेको थियो। तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार आठ सय ६५ रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबड भएसँगै नेपालमा पनि बृद्ध भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला नौ सय ९० रुपैयाँ भएको छ। आइतबार चाँदी नौ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

 

प्रकाशित मिति: १२:५८ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्