कोरोनापछिको पहिलो टेस्टमा वेस्टइन्डिज विजयी
काठमाडौं, असार २९ : कोरोना भाइरसको महामारीपछि सुरु भएको पहिलो टेस्टमा वेस्टइन्डिज विजयी भएको छ। साउथह्याम्पटनमा भएको पहिलो टेस्टमा वेस्टइन्डिजले घरेलु....

काठमाडौं, असार २९ : कोरोना भाइरसको महामारीपछि सुरु भएको पहिलो टेस्टमा वेस्टइन्डिज विजयी भएको छ। साउथह्याम्पटनमा भएको पहिलो टेस्टमा वेस्टइन्डिजले घरेलु टिम इंग्ल्यान्डलाई ४ विकेटको जित निकाल्यो।
अन्तिम दिन इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य ६४ दशमलब २ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। वेस्टइन्डिजका लागि जमेइन ब्ल्याकउडले ९५ रनको उत्कृष्ट इनिङ खेले। उनले बेन स्टोक्सको बलमा आउट हुनुअघि १५४ बल खेल्दै १२ चौका प्रहार गरेका थिए।
३७–३को खराब अवस्थामा रहेको वेस्टइन्डिजको इनिङ सम्हाल्ने क्रममा ब्ल्याकउडले रोस्टन चेससँग पाँचौँ विकेटका लागि ७३ छौठौं विकेटका लागि शेन डउरिचसँग ६५ रनको साझेदारी गरेका थिए। चेसले ३७ र डउरिचले २० रन बनाए। इंग्ल्यान्डका जोफ्रा आर्चरले ३ र स्टोक्सले २ विकेट लिए।
दोस्रो इनिङमा इंग्ल्यान्ड ३१३ रन बनाएको थियो। उसका ज्याक कार्लीले सर्वाधिक ७६ रन बनाए भने डम सिब्लीले ५०, बेन स्टोक्सले ४६ र रोए ब्रुन्सले ४२ रनको योगदान दिए। वेस्टइन्डिजका सनोन ग्याब्रियलले ५ तथा अल्जारी सोजेफ र रोस्टन चेसले समान २ विकेट लिए।
उसका लिग ब्रेथवेटले सर्वाधिक ६५ रन बनाए भने डोवरिचले ६१ रन बनाएपछि वेस्टइन्डिजले पहिलो इनिङमा ३१८ रनको बनाएको थियो। यस्तै, रोस्टन चेसले ४७, साम्रह ब्रुक्सले ३९को योगदान दिए। इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ४, जेम्स एन्डर्सनले ३, डम बेसले २ र मार्क उडले १ विकेट लिए।
पहिलो इनिङमा इंग्ल्यान्ड २०४ रनमै अलआउट भएको थियो। कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन बनाए भने जोस बट्लरले ३५, डम बेसले ३१ र रोए ब्रुन्सले ३० रनको योगदान दिए। वेस्टइन्डिजका जेसन होल्डर ६ विकेट लिए भने सानोन ग्याब्रियलले ४ विकेट लिए।
यी दुई बीचको दोस्रो टेस्ट ओल्र्ड ट्राफोर्डमा १६ जुलाईमा हुनेछ।











