Kathmandu Press

बलिउड अभिनेत्री रेखाका सुरक्षा गार्डलाई कोरोना

काठमाडौं, असार २९ : बलिउडकी वरिष्ठ अभिनेत्री रेखाका सुरक्षा गार्डमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनको पनि कोरोना परीक्षण गर्न स्वाब लिइएको छ।

....
बलिउड अभिनेत्री रेखाका सुरक्षा गार्डलाई कोरोना

काठमाडौं, असार २९ : बलिउडकी वरिष्ठ अभिनेत्री रेखाका सुरक्षा गार्डमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनको पनि कोरोना परीक्षण गर्न स्वाब लिइएको छ।

रेखाले ब्रिहणमुम्बई म्युनिसिपल कर्पोरेर्सनलाई यसबारे जानकारी गराएकी छन्। हालैमात्र बान्द्रास्थित उनको निवासमा कार्यरत एकजना सुरक्षा गार्डमा कोरोनाको संक्रमण देखिएको थियो।

अहिले निवास बाहिर एउटा सार्वजनिक सूचना नै टास गरिएको छ। सो क्षेत्रमा स्यानिटाइज गरिएको छ।

उनको पनि कोरोना परीक्षण गर्न लागिएको छ। स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको जनाएको छ।

यसअघि बलिउड अभिनेता अमिताभ बच्चन, उनका छोरा अभिषेक, बुहारी ऐश्वर्यां र नातिनी आराध्यालाई पनि कोरोना देखिएको थियो। उनीहरुको उपचार चलिरहेको छ।

प्रकाशित मिति: ११:२३ बजे, सोमबार, असार २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्