इपिएल : टोटेनहमले आर्सनललाई २-१ ले हरायो
काठमाडौं, असार २९ : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई हराएको छ ।
आइतबार राति नर्थ लण्डन डर्बीमा भएको खेलमा टोटेनहमले आर्सनलला....

काठमाडौं, असार २९ : इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले आर्सनललाई हराएको छ ।
आइतबार राति नर्थ लण्डन डर्बीमा भएको खेलमा टोटेनहमले आर्सनललाई २-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा भएको खेलको १६औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको १९औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ८१औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटेनहमलाई २-१ को जीत दिलाए ।
जितसँगै टोटेनहम आठौं स्थानमा उक्लिएको छ भने आर्सनल नवौं स्थानमा झरेको छ ।
प्रकाशित मिति: ०७:१८ बजे, सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











