Kathmandu Press

ललितपुरमा एकै घरका १० जनामा कोरोनाको संक्रमण पुष्टि

ललितपुर, असार २८  : ललितपुरको महालक्ष्मी नगरपालिका- ८ लुभुका एकै घरका १० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बल्खुस्....

ललितपुरमा एकै घरका १० जनामा कोरोनाको संक्रमण पुष्टि

ललितपुर, असार २८  : ललितपुरको महालक्ष्मी नगरपालिका- ८ लुभुका एकै घरका १० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा असरा १७ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य सात जनामा र भाडामा बस्ने दुई गरी १० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।

नर्सले आफूमा संक्रमण देखिनुअघि आमालाई लुभुस्थित स्वस्तिक फार्मेसीमा अन्य रोगको समस्या भएर उपचारका लागि ल्याएको वडाध्यक्ष विश्वराज श्रेष्ठले बताए। सो फार्मेसीमा कार्यरत श्रेष्ठका दुई छोराले असार २१ गते पाटन र टेकुमा गरेको स्वाब परीक्षणमा उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठलगायत उनका नाती र बुहारी भने हाल होम क्वारेन्टाइनमा छन्। फार्मेसीमा कार्यरत जेठो छोरा र अर्का चिकित्सक भनिएका कान्छा छोरा भने हाल सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा उपचार गराइरहेका छन्।

यस्तै, विदेशबाट फर्किएकी एक महिला, ग्वार्काेको बी एण्ड बी अस्पतालमा उपचारका लागि गएका एक पुरुष र स्थानीय अर्की एक महिला गरी हालसम्म लुभुका १५ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए।  उनले भने, “यसका अलवा वडा नम्बर ६ सिद्धिपुरका तीन, वडा नम्बर १ र वडा नन्बर ४ इमाडोलका एक-एक गरी अन्य पाँच जनासमेत कोरोना पोजेटिभ देखिएको छ, नगरपालिकाभित्र हालसम्म कूल २० जना कोरोना पोजेटिभ देखिएका छन्।”

संक्रमितको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले बताए।  रासस

प्रकाशित मिति: १९:२६ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्