Kathmandu Press

उद्योग क्षेत्रमा ३६ अर्बको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं, असार २८ : उद्योग क्षेत्रमा चालू आर्थिक वर्ष २०७६/७७ का लागि ३६ अर्ब विदेशी लगानीको प्रतिबद्धता आएको छ। यही असार २१ गतेसम्म २१३ उद्योगमा ३५ अ....

उद्योग क्षेत्रमा ३६ अर्बको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं, असार २८ : उद्योग क्षेत्रमा चालू आर्थिक वर्ष २०७६/७७ का लागि ३६ अर्ब विदेशी लगानीको प्रतिबद्धता आएको छ। यही असार २१ गतेसम्म २१३ उद्योगमा ३५ अर्ब ९४ करोड विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। 

विभागको तथ्यांकअनुसार कूल लगानीमध्येमा ७० देखि ८० प्रतिशतसम्म लगानी प्रतिबद्धता चीन सरकारबाट आएको छ। यसैगरी चीनपछि भारत, अमेरिका, मलेसियालगायतका देशबाट लगानी प्रतिबद्धता आएका छन्। 

विभागका प्रवक्ता विनोदकुमार खड्काका अनुसार गत वर्षको तुलनामा उद्योगको संख्यामा कमी आए तापनि लगानीमा वृद्धि भएको छ। उनका अनुसार गत वर्षको तुलनामा असार २१ गतेसम्म १० अर्ब २७ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने प्रतिबद्धता आइसकेको छ। गत वर्ष ३४४ वटा उद्योगमा २५ अर्ब ४७ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो।

कुन क्षेत्रमा कती लगानी 

चालू आर्थिक वर्षमा सबैभन्दा धेरै लगानी सेवामूलक क्षेत्रमा आए तापनि पर्यटन क्षेत्रमा धेरै उद्योग रहेको खड्काले जानकारी दिए। उनका अनुसार सेवामूलक क्षेत्रमा ६८ उद्योगका लागि दश अर्ब ६५ करोड रुपैयाँ, पर्यटन क्षेत्रमा ७५ उद्योगका लागि नौ अर्ब ७१ करोड ६९ लाख रुपैयाँ, सूचना प्रविधि क्षेत्रमा ३७ उद्योगका लागि ७० करोड ८१ लाख रुपैयाँ प्रतिबद्धता आएको छ। 

यसैगरी ऊर्जा क्षेत्रका ६ उद्योगमा ५२ करोड ७४ लाख रुपैयाँ, कृषि तथा वनजन्य क्षेत्रमा चार उद्योगका लागि र चार करोड ४७ लाख रुपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता आएको छ। 

प्रकाशित मिति: १८:०० बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्