Kathmandu Press

मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा मधुले जिते स्वर्ण

काठमाडौं, असार २८ :  प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा मधुसुदन सापकोटाले स्वर्ण जितेका छन्। 

तेक्वान्दोको प....

मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा मधुले जिते स्वर्ण

काठमाडौं, असार २८ :  प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा मधुसुदन सापकोटाले स्वर्ण जितेका छन्। 

तेक्वान्दोको पुम्से विधामा भइरहेको प्रतियोगितामा मधुले ४० वर्षमाथि उमेरसमूहमा स्वर्ण जितेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले जनाएका छन्।

त्यस्तै,  प्रगति कुइकेलले १३–१४ वर्ष तथा आयुश बोहराले १५–१७ वर्षमा रजत जिते। १०–१२ वर्षमा भिजन तामाङ र यु–९ मा प्रवीण श्रेष्ठले कास्य हात पारे। पदक विजेता सबै खेलाडी एनटीएका हुन्। एनटीएबाट जम्मा ८ खेलाडी सहभागी छन्। तीन खेलाडीको प्रतिस्पर्धा हुन बाँकी छ।

प्रतियोगितामा १२ राष्ट्रका ३ सय ७५ खेलाडीको सहभागिता रहेको खड्काले जनाएका छन्। जुलाई ११ तारिखदेखि सुरु प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गरिरहेका छन्। खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली अन्तर्राष्ट्रिय निर्णायक हुन्। प्रतियोगिता सोमबार सम्पन्न हुनेछ।

प्रकाशित मिति: १७:५५ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्