Kathmandu Press

एश्वर्या राय र आरध्या बच्चनलाई पनि कोरोनाको संक्रमण

काठमाडौं, असार २८ : बलिउड चलचित्र क्षेत्रका बच्चन परिवारका चारमा कोरोना संक्रमण देखिएको छ। 

अभिनेता अमिताभ र उनका छोरा अभिषेक बच्च....

एश्वर्या राय र आरध्या बच्चनलाई पनि कोरोनाको संक्रमण

काठमाडौं, असार २८ : बलिउड चलचित्र क्षेत्रका बच्चन परिवारका चारमा कोरोना संक्रमण देखिएको छ। 

अभिनेता अमिताभ र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण भएपछि परिवारका सबै सदस्यकाे कोराेना परीक्षण गरिएको थियो। परीक्षणमा अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्या बच्चनलाई पनि कोरोना संक्रमण देखिएको महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपे ट्वीटमार्फत बताएका हुन्। 

Hardik ivf

शनिबार गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएपनि आइतबार गरिएको पुन परीक्षणमा ऐश्वर्या र आरध्यालाई कोरोना पोजेटिभ देखिएको हो। 

अमिताभकी पत्नी जया बच्चनलाई कोरोना देखिएको छैन। उनलाई क्वारेन्टाइनमा राखिएको छ। 

शनिबार अमिताभ र अभिषेकलाई कोरोना पुष्टि भएपछि मुम्बईको नानावती अस्पताल भर्ना गरिएको छ। अस्पतालका अनुसार उनीहरूलाई कोरोनाका सामान्य लक्षण देखिएपनि स्वास्थ्य अवस्था स्थिर रहेको छ।

कोरोना देखिएपछि आइतबार बिहान अमिताभ घर जलसा लाई स्यानीटाइनज गरिएको छ। 

एजेन्सीको सहयोगमा 

प्रकाशित मिति: १७:१७ बजे, आइतबार, असार २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्