Kathmandu Press

गणेश पाण्डेको ‘सहायक श्रीमान’ रसियामा देखाइँदै

काठमाडौं, असार २८ : हिमाली भेगमा पाइने बहुपति प्रथामा बनेको वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र....

गणेश पाण्डेको ‘सहायक श्रीमान’ रसियामा देखाइँदै

काठमाडौं, असार २८ : हिमाली भेगमा पाइने बहुपति प्रथामा बनेको वृत्तचित्र ‘सहायक श्रीमान्’ (को–हजबेन्ड) रसियाको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएको छ।  
गणेश पाण्डेको निर्देशन रहेको वृत्तचित्र आउंदो अगष्ट २७ देखि २९ सम्म रसियामा हुन लागेको अन्तर्राष्ट्रिय कान्स भिडिओ फेस्टिभलमा देखाइने भएको छ।

यो वृत्तचित्रले केहि समय अघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा भएको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डसहित एक हजार अमेरिकी डलर जितेको थियो।

हुम्लामा छायाँकन भएको वृत्तचित्रले ३५ मिनेटमा हिमाली भेगमा रहेको बहुपति प्रथालाई देखाउन खोजेको छ।

संसारभर फैलिएको कोरोनाकारण प्रर्दशन रोकिएको थियो। अहिले विस्तारै सहज बन्न थालेसँगै ‘सहायक श्रीमान’ को अन्तर्राष्ट्रिय मञ्च पाउन लागेको हो।

 

प्रकाशित मिति: १४:४६ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्