Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको प्रदर्शन (फोटो फिचर)

काठमाडौं, असार २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग ....

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको प्रदर्शन (फोटो फिचर)
रासस

काठमाडौं, असार २८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रदर्शन गरेको छ। 

कोरोना महामारीका बेला जनतालाई मार पर्ने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको विरोधका नेविसंघले आइतबार बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय अगाडि प्रदर्शन गरेको हो। 

अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले ‘सरकारमा बसेर जनता मार्न पाइँदैन, मूल्य यवृद्धि खारेज गर, भ्रष्ट सरकार कहाँ छ नेविसंघ यहाँ छ, नाफा घाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं’ लगायतका नारा लगाएका थिए।

यसअघि आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरीे पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ मूल्यवृद्धि गरेको थियो।

प्रकाशित मिति: १४:१२ बजे, आइतबार, असार २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्