Kathmandu Press

बलिउड अभिनेता अनुपम खेरकी आमा र भाइलाई पनि कोरोना

काठमाडौं, असार २८ : बलिउड अभिनेता अनुपम खेरकी आमा र भाइलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

आइतबार अभिनेता खेरले ट्वीट गर्दै आमा दुलारी....

बलिउड अभिनेता अनुपम खेरकी आमा र भाइलाई पनि कोरोना

काठमाडौं, असार २८ : बलिउड अभिनेता अनुपम खेरकी आमा र भाइलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

आइतबार अभिनेता खेरले ट्वीट गर्दै आमा दुलारी र भाइ राजिभलाई कोरोना संक्रमण देखिएको जनाएका छन्। त्यस्तै, उनकी भाइबुहारीलाई पनि कोरोना देखिएको छ।

Hardik ivf

कोरोना देखिएपछि उनकी आमा दुलारीलाई मुम्बईको कोकिलाबेन हस्पिटल भर्ना गरिएको छ। परिवारका अन्य सदस्य भने घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको उनले बताएका छन्।

अनुपमनको कोरोना परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ। उनका सबै परिवारजनले कोरोना परीक्षण गरेका थिए।

यस अघि बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई पनि कोरोना भएको सार्वजनिक गरेका थिए। अस्पताल भर्ना भएका अमिताभ र अभिषेकको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।

 

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, असार २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्