अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण
काठमाडौं, असार २८ : बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
यसअघि अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको सार्....

काठमाडौं, असार २८ : बलिउड अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।
यसअघि अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको सार्वजनिक गरिएको थियो। त्यसको लगत्तै अभिषेकलाई कोरोना भएको जनाएको छ।
अमिताभले ट्वीटर गर्दै आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका थिए। उनले आफूसँग १० दिनयता सम्पर्कमा रहेका व्यक्तिहरुलाई पनि कोरोना परीक्षण गराउन आग्रह गरेका थिए।
सिनियर बच्चनको ट्वीट लगत्तै छोरा अभिषेकले पनि आफू र बुवाको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको बताएका हुन्।
अभिताभ र अभिषेकमा कोरोनाको मध्यम लक्षणहरु देखिएको जनाएको छ। दुवै जनालाई अस्पताल भर्ना गरिउको छ।
बच्चन परिवारका अन्य सदस्य र उनीहरुका नजिकको मानिसहरुको कोरोना परीक्षणको तयारी भइरहेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार जया बच्चन र ऐश्वर्या राय बच्चनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको छ।












