१४ खर्बको प्रतिबद्धता, ८२ अर्ब मात्रै भित्रियो लगानी
काठमाडौँ, चैत ६ : तीन वर्ष अघि सरकारले गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनपश्चात् विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्ने भन्दै १४ खर्बको प्रतिबद....
काठमाडौँ, चैत ६ : तीन वर्ष अघि सरकारले गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनपश्चात् विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्ने भन्दै १४ खर्बको प्रतिबद्धता जनाएका थिए तर अहिलेसम्म करिब ८२ अर्ब रुपैयाँ मात्र वैदेशिक लगानी भित्रिएको छ ।
अस्थिर सरकारका कारण प्रतिवद्धता कार्यन्वयन हुन नसकेको सरकारी अधिकारीहरूले जिकिर गर्दै आएका छन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममै भने, ‘विगतमा फलोअप गर्ने निकाय नहुँदा लगानी आउन नसकेको हो । अब लगानी बोर्ड शक्तिशाली भएको छ । यो हाम्रो जिम्मामा आउँदै छ ।’
गत आर्थिक वर्षमा उद्योग क्षेत्रमा भित्रिएको विदेशी लगानी हेर्दा अघिल्ला आर्थिक वर्षको तुलनामा निकै कम देखिन्छ । कहिले भूकम्प र नाकाबन्दीको प्रभाव र कहिले अस्थिर सरकार कारणले पनि नेपालको उद्योग क्षेत्रमा लगानीको मात्र वार्षिक रुपमा नै घट्दोक्रममा रहेको छ ।
पछिल्ला वर्षहरूमा वैदेशिक लगानी घट्दै गएको पाइएको छ । विदेशी कम्पनीले ठूलो परिमाणमा लगानी भित्राउन प्रतिबद्धता जनाएपछि गत पाँच वर्षमा भित्रिएको लगानी हरेक वर्ष घट्दै गएको छ।
पाँच वर्षको तथ्यांक हेर्दा बैदेशिक लगानी (एफडीआई) का परियोजना तथा उद्योगहरू दर्ता हुने क्रममा संख्यात्मक रुपमा बढेपनि लगानी भने घट्दो क्रममा छ । ‘अहिले ठुलो उद्योगमा भन्दा साना उद्योगमा लगानी धेरै छ,’ उद्योग विभागका प्रवक्ता जीवराम सेढाईँले भने । ठूलामा लगानीको कम रहेको हेर्दा लगानी घटेको भएपनि साना र ठुलामा गरी हेर्दा लगानी सन्तुलन उनको जिकिर छ।
सबैभन्दा बढी पर्यटनमा
अन्य क्षेत्रमा लगानीको मात्र घटिरहेको बेलामा पर्यटनमा भने लगानीको बढेको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा पर्यटनको क्षेत्रमा एक सय २८ प्रोजेक्ट रहेकोमा अहिलेको चालु आर्थिक वर्षमा एक सय ७० प्रोजेक्ट पुगेको छ । जुन पहिलाको तुलनामा ४२ प्रतिशतले बढेको हो।
गत आर्थिक वर्षमा समग्र उद्योगको संख्या तीन सय रहेकोमा अहिले भने चार सय १० रहेको छ । जुन ३० प्रतिशतले बढेको भएपनि लगानी भने बढेको छैन्।
चालु आर्थिक वर्षमा पाँच खर्ब २६ अर्ब ३० करोड लगानीको प्रतिवद्धता गरिएको छ । तर गत आर्थिक वर्षमा २० खर्ब नौ अर्ब ६९ करोड लगानीको प्रतिवद्धता गरिएको थियो।
सम्मेलनले बढाउला त लगानी ?
गत वर्षको फागुनमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बैदेशिक लगानीकर्ताले १४ खर्ब रुपियाँभन्दा बढीको लगानी प्रतिबद्धता जनाएका थिए । जुन नेपालको उद्योग क्षेत्रका लागि धेरै ठुलो रकम हो।
सरकारले गर्न लागेको आगामी चैत १५ र १६ का लागि ३० खर्ब ५० अर्बका निजी र सरकारी गरेर ६३ परियोजनाहरू तयार पारेको छ । जसमा सबैभन्दा बढी जलविद्युत आयोजनाहरू छन्।
रेलसमेत लगानी आह्वानको सूचिमा राखिएको छ । बैदेशिक लगानीका क्षेत्रमा चालू वर्ष खराब अनुभव रहे पनि अहिले हुन लागेको सम्मेलनमा आगामी आर्थिक वर्षमा सुधार हुने आशामा छ।












-1764753058.png)