Kathmandu Press

बर्नलीसँग बराबरीमा रोकियो लिभरपुल 

काठमाडौं, असार २८ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले अग्रता जोगाउन नसक्दा बर्नलीसँग १&ndas....

बर्नलीसँग बराबरीमा रोकियो लिभरपुल 

काठमाडौं, असार २८ : इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले अग्रता जोगाउन नसक्दा बर्नलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ३४ औं मिनेटमा एन्ड्रयु रोबर्टसनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा बर्नली खेलमा फर्कियो । खेलको ६९ औं मिनेटमा इन्रिके रोड्रीग्वेजले गोल गर्दै बर्नलीलाई १–१ गोलको बराबरीमा फर्काए ।

यससँगै लिभरपुल सन् २०१९ को जनवरीपछि पहिलो पटक घरेलु मैदानमा जित निकाल्न असफल भएको छ । बराबरीपछि लिभरपुलले ३५ खेलमा ९३ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २४ अंकले अघि रहेको छ ।

बर्नली ५० अंक जोडेर नवौं स्थानमा रहेको छ । 

प्रकाशित मिति: ०८:१७ बजे, आइतबार, असार २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्