Kathmandu Press

बार्सिलोनाले रियल भालाडोलिडलाई हरायो, बार्सिलोनाको उपाधि होड कायमै

काठमाडौं, असार २८ : स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गरेको छ ।

शनिबार रातिको खेलमा बार्सिलोनाले भालाडोलिडको घरेलु मैद....

बार्सिलोनाले रियल भालाडोलिडलाई हरायो, बार्सिलोनाको उपाधि होड कायमै

काठमाडौं, असार २८ : स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडलाई पराजित गरेको छ ।

शनिबार रातिको खेलमा बार्सिलोनाले भालाडोलिडको घरेलु मैदानमा १ ० ले हराउँदै महत्त्वपूर्ण ३ अंक हासिल गरेको हो । बार्सिलोनाको जितमा १५औँ मिनेटमा आर्टुरो भिडालले गरेको गोल नै निर्णायक सावित भयो । 

जितसँगै बार्सिलोनाले ३६ खेलमा ७९ अंक बनाएको छ । जितसँगै बार्सिलोनाले पनि उपाधि होड कायमै राखेको छ । एक खेल कम खेलेको रियल मड्रिडको ८० अंक रहेको छ । रियलले सोमबार हुने खेलमा ग्रानडाको सामना गर्दैछ । अबको खेलमा रियलले बराबरी खेलेमा उपाधि होड अझ बढी रोमाञ्चक हुनेछ । 
 
प्रकाशित मिति: ०७:२७ बजे, आइतबार, असार २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्