Kathmandu Press

उपाधि होड बलियो बनाउँदै रियल मड्रिड, अलाभेस २-० ले पराजित

काठमाडौं, असार २७ : अलाभेसलाई पराजित गर्दै रियल मड्रिडले ला लिगा फुटबलको उपाधि होडलाई बलियो बनाएको छ। 

गएराति भएको खेलमा अलाभेसलाई....

उपाधि होड बलियो बनाउँदै रियल मड्रिड, अलाभेस २-० ले पराजित

काठमाडौं, असार २७ : अलाभेसलाई पराजित गर्दै रियल मड्रिडले ला लिगा फुटबलको उपाधि होडलाई बलियो बनाएको छ। 

गएराति भएको खेलमा अलाभेसलाई २–० गोल अन्तरले पराजित गर्दै रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता कायम राखेको हो। खेलको दुवै हाफमा रियल मड्रिडले एक–एक गोल गरेको थियो। 

खेलको ११ औं मिनेटमा अलाभेसका डिफेन्डर छिमो नाभारालेले फर्लान्ड मेन्डीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफमा एक सून्यको अग्रता लिएको रियलले दोस्रो हाफमा थप एक गोल गर्न सफ भयो। 

खेलको ५१ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए। उनले करिम बेन्जिमको पासमा गोल गरेका थिए। सुरुमा रेफ्रीले एसेन्सियोको गोललाई अफसाइड दिएपनि भिएआरको सहायताले पछि गोलको मान्यता पाएको थियो।

बाँकी समयमा दुवै टोलीले गोल गर्न नसकेपछि रियल २–० ले विजयी भयो। जितसँगै रियलले आफ्नो उपाधि यात्रालाई थप बलियो बनाएको छ। तीन खेल बाँकी छँदा रियलले दोस्रो स्थानको बार्सिलोनासँग चार अंकको अग्रता बनाउन सफल भयो। रियललाई अब उपाधि जित्न बाँकी तीन खेलमा एकमा जित र दुईमा बराबरी भए प्रयाप्त हुन्छ। 

३५ खेलबाट ८० अंक जोडेको रियल लिगको शीर्ष स्थानमा छ भने समान खेलबाट ७६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ। समान खेलबाट ६३ अंक जोडेका एथ्लेटिको मड्रिड र सेभिल्ला क्रमश तेस्रो र चौथो स्थानमा छन्। 

 

प्रकाशित मिति: ०७:५६ बजे, शनिबार, असार २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्