Kathmandu Press

च्यम्पियन्स लिगको ड्र सर्वाजनिक, क्वाटरफाइनलमै युभेन्ट्स र सिटी भिड्न सक्ने 

काठमाडौं, असार २६  : च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल र सेमिफाइलनको ड्र सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक ड्र अनुसार क्वाटर....

च्यम्पियन्स लिगको ड्र सर्वाजनिक, क्वाटरफाइनलमै युभेन्ट्स र सिटी भिड्न सक्ने 

काठमाडौं, असार २६  : च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल र सेमिफाइलनको ड्र सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक ड्र अनुसार क्वाटरफाइलनमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले इटालियन क्लब एट्लान्टाको सामना गर्नेछ भने स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जर्मन क्लब आरबी लेइपजिगको सामना गर्नेछ। 

अन्तिम ८ प्रवेशका लागि रियल मड्रिड र म्यान्चेस्टर सिटी तथा  युभेन्ट्स र लियोनबीच हुनेछ भने बार्सिलोना र नापोली तथा चेल्सी र बायर्न म्यूनिख खेल्ने छन्। कोरोना भाइरसको महामारी कारण यी ८ क्लबले अन्तिम १६ को दोस्रो लेग खेल्न बाँकी छ। 

यसैगरी, पहिलो सेमिफाइलनमा पिएसजी र एट्लान्टाबीचको विजेता र एथ्लेटिको मड्रिड र आरबी लेइपजिग भिड्ने छन् भने दोस्रो सेमिफाइलन रियल मड्रिड र म्यान्चेस्टर सिटीबीचको विजेतासँग युभेन्ट्स र लियोनबीचको विजेताले सामना गर्दा बार्सिलोना र नापोलीबीचको विजेताले चेल्सी र बायर्न म्यूनिखबीचको विजेतासँग खेल्नेछ। प्रिक्वाटरफाइलनको दोस्रो लेगका खेल अगष्ट ७ र ८ मा हुनेछ।

क्वाटरफाइलनका खेल अगष्ट १३ र १५ मा हुनेछन् भने सेमिफाइनल  अगष्ट १८ र १९ मा हुनेछ। च्याम्पियन्स लिगको फाइनल भने २३ अगष्टमा बेन्फिकाको मैदानमा हुनेछ।

कोरोना भाइरसको महामारीका कारण यो पटक च्याम्पियन्स लिगको खेलको फर्म्याट परिवर्तन गरिएको छ। अब क्वाटरफाइलन र समेफिाइनलका खेल सिंगल लेगका आधारमा हुनेछ। क्वाटरफाइनलदेखिका सबै खेल पोर्चुगलको लिस्बलमा आयोजना हुनेछन्। 

क्वाटरफाइनल पुग्ने क्रममा पिएसजीले बोरुसिया डर्टमन्ड, लेइपजिगले टोटनह्याम, एट्लान्टाले भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले डिफेन्डिङ च्याम्पियन लिभरपुललाई हराएका थिए। 
 

प्रकाशित मिति: १७:५२ बजे, शुक्रबार, असार २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्