Kathmandu Press

क्याट्रिनालाई हटाएर आलियालाई लिइएको थियो डियर जिन्दगीमा

काठमाडौं, असार २६ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि नातावादलाई लिएर बलिउड निर्देशक तथा निर्माताहरको आलोचना भइरहेको छ। यसै क्रममा अभिनेत्री ....

क्याट्रिनालाई हटाएर आलियालाई लिइएको थियो डियर जिन्दगीमा

काठमाडौं, असार २६ : बलिउड अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि नातावादलाई लिएर बलिउड निर्देशक तथा निर्माताहरको आलोचना भइरहेको छ। यसै क्रममा अभिनेत्री आलिया भट्ट चर्चामा आएकी छन्।

आलियाको पूराना अन्तर्वार्तालाई लिएर चर्चा सुरु भएको हो। एक अन्तर्वार्तामा उनले फिल्म डियर जिन्दगीमा आफूले खेल्नुभन्दा अघि अर्कै अभिनेत्रीसँग सम्झौता भएको खुलाएकी थिइन्।

साहरुख खानसँगै आलियाले डियर जिन्दगीमा अभिनय गरेकी थिइन्। उनको अभिनयको खुब प्रशंसा भएको थियो। फिल्मले राम्रो कमाइ पनि गरेको थियो।

तर, उनलाई ल्याउन अघि अभिनेत्री क्याट्रिना कैफसँग सम्झौता भएको खुलेको छ। क्याट्रिनाको ठाउँमा आलियालाई ल्याउन करन जोहर र शाहरुखले भूमिका खेलेको जनाएको छ।

आलियाले भने यस विषयमा आफूलाई धेरै जानकारी नभएको बताएकी छन्। यसमा क्याट्रिनाले भने कुनै प्रतिक्रिया जनाएकी छैनन्।

प्रकाशित मिति: १२:४९ बजे, शुक्रबार, असार २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्