Kathmandu Press

इपिएलमा एस्टन भिल्लाविरुद्ध युनाइटेडको सहज जित

काठमाडौं, असार २६ : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले फराकिलो जित निकालेको छ । आज विहान सकिएको खेलमा म्यानचेष्टरले एस्टन भिल्लालाई ३&....

इपिएलमा एस्टन भिल्लाविरुद्ध युनाइटेडको सहज जित

काठमाडौं, असार २६ : इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले फराकिलो जित निकालेको छ । आज विहान सकिएको खेलमा म्यानचेष्टरले एस्टन भिल्लालाई ३–० गोलले हराएको हो।

म्यानचेष्टरको जितमा ब्रुनो फर्नान्डेज, म्यासन ग्रिनउड र पउल पोग्बाले एक–एक गोल गरे। जितसँगै म्यानचेष्टर ५८ अंकसहित तालिकाको पाँचौं स्थानमा छ भने एस्टन भिल्ला २७ अंकसहित पुच्छारबाट दोस्रो स्थानमा छ।  

गएराति भएका अन्य खेलमा एभर्टन र साउथह्याम्पटनले एक एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् भने  टोटनह्याम र एएफसी बर्नमाउथबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। 
 

प्रकाशित मिति: ०६:५३ बजे, शुक्रबार, असार २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्