Kathmandu Press

बालिकाले बनाइने अक्षयको बाला गीत फेरि भाइरल

काठमाडौं, असार २५ : बलिउड अभिनेता अक्षय कुमारको सुपरहिट फिल्म ‘हाउसफुल ४’ को बाला गीत फेरि ट्रेन्डिङमा आएको छ। यस पटक भने एक बालिकाले गर्द....

बालिकाले बनाइने अक्षयको बाला गीत फेरि भाइरल

काठमाडौं, असार २५ : बलिउड अभिनेता अक्षय कुमारको सुपरहिट फिल्म ‘हाउसफुल ४’ को बाला गीत फेरि ट्रेन्डिङमा आएको छ। यस पटक भने एक बालिकाले गर्दा यो गीत ट्रेन्डिङमा आएको हो।

अहिले सोसल मिडियामा बाला बाला भनेको एक भिडियो निकै भाइरल भएको छ। यस भिडियोमा टिभि कलाकार रवि दुबेकी भतिजी बाला गीतसँग रमाइरहेकी छन्। उनले बाला बाला भनेर गाउँदै गरेको भिडियो भाइरल बनेसँगै पुरानो गीत पनि ट्रेन्डिङमा आएको हो।

भाइरल भिडियोमा थुप्रैले प्रशंसा गरेका छन्। अभिनेता अक्षयले पनि यो भिडियोलाई सामाजक सञ्जालमा सेयर गरेका छन्।

भिडियो सेयर गर्दै अक्षयले लेखेका छन्, ‘गीतको शब्दलाई ठिकसँग समातेकी छिन्, धेरै क्युट छ।’ यसमा उनका फ्यानले प्रशंसा गरेका छन्।

अक्षयको पुरानो गीतसँगै नयाँ फिल्मको पनि चर्चा सुरु भएको छ। एनले ट्वीट गर्दै नयाँ फिल्म ‘बेल बाँटम’ सुटिङमा जाने तयारीमा रहेको बताएका छन्। अक्षयले लेखेका छन्, ‘बेल बाँटम अर्को महिना फ्लोरमा जानेछ।’

 

प्रकाशित मिति: १५:४४ बजे, बिहीबार, असार २५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्